विश्व समाचार

युरोप-अमेरिकाको तुलनामा एसियामा कोरोना प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक

विश्व स्वास्थ्य संगठन

एसियाबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोप र अमेरिकालाई आक्रान्त पारिरहेको छ । त्यहाँ नियन्त्रणमा आउनुको साटो बढिरहेका बेला एसियामा भने प्रकोप नियन्त्रणको प्रयास सन्तोषजनक रहेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताउनुभएको छ । कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उहाँले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो । चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आएपनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने क्रममा रहेको छ ।

चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शुन्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।

यसैबीच विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ । विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.