जन सरोकारस्वास्थ्य

नेपालमा कोरोनाको निरन्तर ओरालो यात्रा

विश्वका कतिपय मुलुकमा कोरोना भाइरस संक्रमण पुनः फैलन थालेको भए पनि नेपाल भने सुरक्षित देखिएको छ । यसको एउटै कारण खोप अभियानको प्रभावकारिता हो ।

नेपालमा कुल जनसंख्यामा खोप लगाउन योग्य उमेर समूहका ९० प्रतिशतभन्दा बढीलाई खोप लगाइसकिएको छ । यसले संक्रमणदर निकै कम हुँदै गएको छ ।

पछिल्लो २४ घणमा करिब पाँच हजार परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१ जना छ । पछिल्लो समय ८९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३९४ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित भएका १४ जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, बारा, दोलखा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ ।

हाल होम आइसोलेसनमा एक हजार २६, संस्थागत आइसोलेसनमा ५५, आइसियुमा १४ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ६० हजार २६० जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.