क्रिकेटखेल

आईपीएलमा गुजरात टाईटन्सको विजयी सुरुवात

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा साबिकको विजेता गुजरात चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

आईपीएलमा गुजरात टाईटन्सको विजयी सुरुवात

चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो । आईपीएल यी दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

चेन्नाईका लागि ओपनर ऋतुराज गायकवाडले ९२ रनको अर्धशतकीय पारी खेले भने मोईन अलिले २३ रन बनाए । त्यस्तै शिबम दुवेले १९ रन बनाई आउट भए भने कप्तान महेन्द्रसिंह धोनी १४ रनमा अविजित रहँदा अम्बादी राईडुले १२ रन जोडे । गुजरातको लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २-२ विकेट लिए भने जोश लिटिलको भागमा १ विकेट रह्यो ।

१७८ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि शुभमन गिलले ६३ रनको अर्धशतकीय पारी खेले भने विजय शंकरले २७ रन बनाए । यस्तै रिद्धिमान शाहले २५ रन बनाई आउट भए भने साई सुदर्शनले २२ रन जोड्दा राहुल तेवातिया र राशिद खान क्रमश: १५ र १० रनमा अविजित रहे । चेन्नाईका लागि राजवर्धन हांगर्गेकरले ३ विकेट लिए भने तुसारदेश पाण्डे र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । दिउँसो पौने चार बजे हुने खेलमा पन्जाब किंग्स र कोलकाता नाईट राइडर्स भिड्दै छन् भने राती पौने आठ बजे हुने खेलमा लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्स आमने सामने हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.