कर्पोरेट/पर्यटन

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

राजधानी काठमाडौंको प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ ।

‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’

लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा ५० चित्रकला प्रदर्शनमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.