जन सरोकार

न्यायको खोजीमा आफ्नै बाबुबाट बलात्कृत १३ वर्षीया बालिका

महोत्तरीकी एक १३ वर्षीया बालिका यतिबेला न्यायको खोजीमा छिन् । उनीमाथि परेको अन्याय पराईबाट होइन आफ्नै बाबुबाट हो, जसले पटकपट बलात्कार गरी गर्भवती बनाए ।

महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाका एक बाबुले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएर फरार भएपछि उनी न्यायको खोजीमा छिन् ।

विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो ।

आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो । तीन चार महिनादेखि महिनावारी पनि रोकिएकोले झनै चिसो पसेको उहाँले बताउनुभयो ।

बालिकाकी आमाका अनुसार कसको गर्भ हो भनी जति सोध्दा पनि केही दिन बोल्दै बोलिन, धेरै केरकार गरेपछि बल्लबल्ल बुवाको हो भनेर रहस्य खोली की थिइन ।

आमा माइत गएको समय बुवाले छोरीमाथि बलात्कार गरेको थियो । स्थानीयवासीले घटनाप्रति प्रहरी प्रशासन र न्यायिक निकायलाई गम्भीर हुन आग्रह गरेको छ । आफ्नो पीडक बाबुमाथि हदैसम्मको कारबाही गर्न पीडित बालिकाको माग छ ।

प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.