जापान

फोरेक्स रेमिटले ल्यायो अप्रिल महिनामा आकर्षक साईकल उपहार

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिंदै आआएको फोरेक्स रेमिटले आफ्नो सेवाग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आएकोमा अप्रिल महीनाका आकर्षक साइकल उपहार सार्वजानिक गरेको छ ।

उक्त कम्पनीले फोरेक्ससंग तपाई, तपाई संगसाइकल भन्ने नारा सहित साइकल उपहार योजना सार्वजानीक गरेको हो । कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा जेपी कार्डमार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्राहकहरुमध्ये १ जना ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक साईकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिंग विभागले जनाएको छ ।

त्यसै गरी कम्पनीको फेसबुक पेज, फेसबुक, भाईवर, टिकटक लगायतका संजालमा जोडिएर पनि रेमिट सेवा लीन सकिने छ । जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिदै आएको फोरेक्सले नेपाल भने नेपालकै सर्वाधिक संजाल भएको आईपे रेमिटमार्फत भुक्तानी गर्दै आइरहेको छ ।

फोरेक्स रेमीटले जापानबाट नेपालमा पैसा पठाउदा साझेदार कम्पनी आईपेमार्फत बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजार माथी भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकिने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.