क्रिकेटखेल

आइपिएलमा दिल्लीको पहिलो जित, चेन्नई २० रनले पराजित 

इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्दै दिल्लीले पहिलो जित हासिल गरेको हो ।

आइपिएल

जारी प्रतियोगितामा चेन्नईको यो पहिलो हार हो । विशाखपट्नामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नर र ऋषभ पन्तले अर्धशतकीय पारी खेल्दै क्रमश: ५२ र ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी साहले ४३ रन बनाउँदा मिचेल मार्सले १८ रन जोडे । चेन्नईका लागि मथिसा पथिरानाले ३ र मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १-१ विकेट लिएका थिए ।

१९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनायो । चेन्नाईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रनको योगदान गरे भने महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले अविजित ३७ रन बनाए । यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे ।

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स नेपाली समय अनुसार बेलुकी ७:४५ बजे भिड्दै छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.