क्रिकेटखेल

दीपेन्द्रको शतक र रोहितको अद्र्धशतकको मद्दतले मलेसियामाथि नेपालको कीर्तिमानी जित

काठमाडौंमा जारी त्रिदेशीय टी-२० श्रृंखलामा नेपालले लगातार चौथो खेल जित्ने क्रममा आज मलेसियालाई ८५ रनको विशाल अन्तरले पराजित गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले दीपेन्द्रसंह ऐरीको शतक र रोहित पौडेलको अद्र्धशतकको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २३ रन बनाएको थियो ।

यसअघिका खेलमा जस्तै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका दीपेन्द्र र रोहित पौडेले शानदार पारी खेलेका थिए ।

दीपेन्द्रले टी २० मा पहिलो शतक प्रहार गर्ने क्रममा ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरी ११० रन बनाएका थिए । नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए ।

दीपेन्द्र र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।

२२४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेत गुमाउँदै १३८ रनमा समेटियो । मलेसियालाई उच्चस्कोर बनाउन नदिने क्रममा कप्तान सन्दीप लामिछानेले ३, कमल ऐरीले २, दीपेन्द्रसिंह ऐरीले २ तथा कुशल भुर्तेल र रोहित पौडेलले १/१ विकेट लिए ।

पराजयसंगै मलेसियाको फाइनल खेल्ने सपना पनि पूरा भएन । नेट रनरेटका आधारमा पपुवा न्यूगिनीले सोमबार नेपालसंग फाइनल खेल्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.