क्रिकेटखेल

आईपीएलमा पन्जाब किंग्सको विजयी सुरुवात

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा पन्जाबले कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पन्जाब किंग्स

पन्जाबले घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । पन्जाबका लागि भानुका राजपाक्षेले ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान शिखर धवनले ४० रन बनाए । त्यस्तै साम करनले २६ रनमा अविजित रहँदा जितेश शर्माले २१ रन जोडे । कोलकत्ताको लागि टिम साउथीले ३ विकेट लिए भने सुनिल नारायण, उमेश यादव र बरुण चक्रवतीको भागमा समान १-१ विकेट रह्यो ।

१९२ रनको लक्ष्य लिएता मैदान उत्रेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएर खेलिरहँदा भारी बर्षाका कारण खेल रोकिएको थियो । निरन्तर वर्षाभएपछि डीएल मेथडमा पन्जाब किंग्स ७ रनले विजयी भएको हो । कोलकत्ताका लागि आन्द्र रसेलले ३५ रन बनाए भने वेंकटेस अय्यरले ३४ रन जोडे । यस्तै कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले ३ विकेट लिए भने राहुल चहर, नाथन एलिस, सिकन्दर राजा र साम करनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै पन्जाब २ अंकका साथ शीर्ष स्थानमा छ भने अंक बिहिन कोलकत्ता चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.