राजनीति

बारा २ मा उपेन्द्र यादवलाई कांग्रेसको साथ

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको संसद प्रवेशलाई सहज बनाउन नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

‘२०७९ को निर्वाचनको हकमा उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने भन्ने भएको छ’, सहमहामन्त्री बन्द्री पाण्डेले भने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.