जापान

नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा प्रदर्शन गरिने

नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ ।

इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताउनुभयो ।

“कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो”, अध्यक्ष पौडेलले भन्नुभयो ।

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो ।

उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लाग्नुभएको हो ।

नाटकको सङ्गीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गर्नुभएको हो । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

विसं २०७६ मा स्थापना भएको इन्द्रेणी थिइटर स्थापना कालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको जानकारी सो अवसरमा दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.