कर्पोरेट/पर्यटन

प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण

नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाउनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।”

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।”

प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.