जापान

जापानबासी नेपालीका लागि दूताबासको हटलाइन व्यवस्था

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको जापानमा रहेका नेपालीहरुको सुरक्षाका लागि टोकियोस्थित नेपाली दूताबासले हटलाइन सेवा आरम्भ गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न र बचाउन सबैको सहयोग, समन्वय सदभावबाट मात्र सम्भव हुने भन्दै जापानमा रहेका नेपालीहरु पनि कुनै न कुनै रुपमा प्रभावित भएको भन्दै आवश्यक सहयोगका लागि हटलाइनन सेवा सुरु गरेकोा जनाइएको हो ।

दूताबासकोे विज्ञप्तिमा कोरोनाको संक्रमणबाट बच्नका लागि दूताबासर सुरुदेखि नै विभिन्न माध्यमबाट सचेत गराउँदै आएको जनाउँदै भविष्यमा आउनसक्ने समस्या र त्यसको समाधानका लागि हटलाइन सेवा सुरु गरेको जनाइएको छ ।

जापानबासी सम्पूर्ण नेपालीहरु आवश्यक सूचनाका लागि भाइबर र ह्वाट्स एपमा आबद्ध हुन सकिनेछ भने कुनै जानकारीका लागि हटलाइन नम्बर ०८०-३२४६-२८७२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.