विश्व समाचार

तीन महिनाअघिको तुलनामा कोरोना संक्रमण पाँच गुणा मृत्युदर चारगुण बढी

कोरोना संक्रमण सुरु भएको तीन महिनाको अवधिमा संक्रमणदर र मृत्युदरमा व्यापक वृद्धि भएको छ । चीनको बुहान लगायतका शहरहरुमा फैलिइरहँदा मृत्युदर ३ प्रतिशतको हाराहारीमा हुँदा अहिले संक्रमणदर पाँच गुणा र मृत्युदर चारगुण बढेको छ ।

शनिबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५९ हजार र संक्रमितको संख्या १० लाख नाघेको छ । ८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।

यसबीचमा २ लाख २८ हजार ४०५ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ६ रहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । स्पेनमा ११ हजार १९८ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा ७ हजार ३९२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.