कर्पोरेट/पर्यटन

६० वर्षयता पहिलोपटक शिखर चुम्ने आकांक्षासहित चिनीयाँहरुबाट सगरमाथा आरोहण सुरु

सन् १९६० यता कोही पनि चिनीयाँले सगरमाथाको आरोहण गर्न नसकेको अवस्थामा विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिहेको र चीन भर्खरै संक्रमणबाट बाहिर आएपछि चिनीयाँहरुले सगरमाथा आरोहणसुरु गरेका छन् । कोरोना भाइरसको विश्व महामारीकाबीच चिनीयाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका हुन् ।

सगरमाथा आरोहण गर्नका लागि यतिबेला दुई दर्जनको संख्यामा चिनीयाँ पर्वतारोहीहरू शुक्रबारसम्म बेसक्याम्प पुगिसकेको हुने चाइना(तिब्बत पर्वतारोहण संघको सम्पर्कमा रहेका अभियान अपरेटरहरूले जनाएका छन् । चिनीयाँ आरोहीहरू आरोहण सफल भएमा चिनियाँहरूमात्र सगरमाथा चढेको यो दुर्लभ अवसर हुनेछ ।

यसअघि सन् १९६० को वसन्त ऋतुमा चिनियाँहरूमात्र सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यतिबेला भारतीयहरूले चुचुरोमा पुग्ने प्रयास गरेको भए पनि सफल भएका थिएनन् ।

अब चिनीयाँ आरोहीहरूले सगरमाथा चढ्नु अगाडि आफूलाई उचाइसँग घुलमिल गराउन क्याम्पहरूको बीचमा ओहोरदोहोर गर्नेछन् । यसका लागि उनीहरूलाई कम्तीमा एक महिनाको समय लाग्नेछ । त्यसपछि आरोहीहरू आफू अनुकुलको मौसम हेरेर सगरमाथा आरोहण गर्नेछन् जुन प्राय:जसो मे महिना सक्किनु अगावै हुनेछ ।

चिनीयाँहरुले सगरमाथा आरोहरण सुरु गरे पनि कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन सीमा रहेका कारण दुबै देशबाट आरोहण गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.