कोरोना संक्रमणका उच्च जोखिमको जीवनरक्षाका लागि जोरपाटीमा रक्तदान
नेपाल लगायत विश्व नै कोरोना भाइरसको संक्रमणबाट ग्रस्त भैरहेका बेला संक्रमणका उच्च जोखिमको जीवन रक्षाका लागि गोकर्णेश्वर नगरपालिकास्थित जोरपाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चैत्र २२ गते शनिबार मानव अधिकार तथा शान्ति समाज नेपालको आयोजनामा भएको रक्तदानमा ४६ जना दाता सभागी भएका थिए ।
रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कामपा वडा नम्बर ६ का सदस्य दीपेन्द्र लामा र सदस्य जयराम पुडासैनी, गोकर्णेश्वर नपा वडा न ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी वडा न ६ का रमेश अर्याल, कागेश्वरी मनोहरा नपा वडा नं. ८ का अध्यक्ष श्री चापागाई लगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति उत्तर पुडासैनी र केन्द्रीय कोषाध्यक्ष राम बराल तथा काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनी लगायतले रक्तदान गर्ने दाताहरु र यस कार्यमा प्रत्यक्ष अप्रतक्ष रूपमा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।