जन सरोकार

सुदूरपश्चिमा भेटिए तीनजना कोरोना संक्रमित : दुईजना भारतबाट आएका एकजना स्थानीय

सुदरपश्चिमको कैलाली र कञ्चनपुरमा गरी तीनजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेसंगै संक्रमितको संख्या नौ पुगेको छ ।

संक्रमित समध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् । यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए ।

तर कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको संक्रमितको पछिल्लो विवरण अनुसार सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ संक्रमित लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

नवौँ संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.