क्रिकेटखेल

नेपालले दियो पिएनजीलाई १६९ रनको लक्ष्य, दीपेन्द्रको नयाँ कीर्तिमान

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) बीचको त्रिदेशीय टी-२० श्रृंखलाको फाइनमा नेपालले पिएनजीलाई विजयका लागि १६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकट गुमाएर १६८ रन बनाएको हो । नेपालका लागि सर्वाधिक रन दीपेन्द्रसिंह ऐरीले बनाए । उने आज पनि अद्र्धशक प्रहार गर्दै टी२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

ऐरीले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

आक्रमक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडेल आउट भए । कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए । त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शुन्यमै आउट भए ।

नेपालका तीनै खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे ।

बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.