कला/मनोरन्जनकलिउड

गायनमा नयाँ कीर्तिमान राख्दै राजु लामा, ६ हजार ५०० मिटरमा कन्सर्ट गर्दै

लोकप्रिय गायक राजु लामाले नायिका दीया पुनेसंग मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । त्यस्तै गायक लामाले ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा सांगीतिक कार्यक्रम गरी विश्व कीर्तिमान पनि कायम गर्ने योजना बनाएका छन् ।

गायक लामाले सगरमाथा आरोहणसहित वैशाख दोस्रो साता क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् ।

लामा तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । उनी गितारसहित सगरमाथाका चुचुरोमा पुग्ने योजनामा छन् ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश हिमाल आरोहण गर्न लागेका गायक लामा र नायिका पुनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै सगरमाथा आरोहण सफलताको शुभकामना दिनुभएको छ ।

अभिनेत्री पुन चैत २३ गते सगरमाथातर्फ लाग्ने कार्यक्रम छ भने गायक लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.