विश्व समाचार

जहाँ झन्डै दश हजार मानिसको मस्तिष्क राखिएको छ

यूनिभर्सिटी अफ सदर्न डेन्मार्कमा झन्डै १०,००० मानिसको मस्तिष्क राखिएको छ । दशकौँअघि मनोरोग लागेर मृत्यु भएका मानिसहरूको शवबाट ती मस्तिष्क निकालेर सङ्कलन गरिएको हो ।

मानव मस्तिष्कको यति ठूलो सङ्कलन अन्यत्र नभएको ठानिएको छ । बिरामी वा तिनका आफन्तको अनुमतिबिनै सङ्कलन गरिएको भए पनि सन् १९९० को दशकमा डेनिश एथिक्स काउन्सिलले ती मस्तिष्कमा अनुसन्धान गर्न सकिने बताएको थियो ।

विज्ञहरूका अनुसार उक्त सङ्कलनमा भएका मानव मस्तिष्कबाट डिमेन्श अर्थात् विस्मृति र डिप्रेशन अर्थात् अवसादजस्ता रोगहरूको अध्ययन गर्न सहयोग पुगेको छ । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.