राजनीति

नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्छ : उपसभामुख राना

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई नेपाली खानालाई विश्वमाझ पस्कन अन्तर्राष्ट्रिय रुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।

रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान)को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटनसत्रमा उहाँले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको हो ।

“नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता कुरामा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पु(याउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सवल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्राहनीय रहेको बताउनुभयो ।

“अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौँ”, उहाँले भन्नुभयो । सरकारले निजी क्षेत्रलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताउनुभयो । “पाहुनालाई स्वच्छ र सफा खाना खुवाउनुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली खानालाई विश्वमाझ चिनाउन रेवानको भूमिका महत्वपूर्ण छ ।”

रेवानका वरिष्ठ उपाध्यक्ष सङ्घर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौँ, पोखरा, सौराह, बन्दीपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताउनुभयो ।

कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अङ्कमा झार्नुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । विष्टले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.