जापान

टोकियोमा कोरोना संक्रमितको संख्या एक हजार बढी

राजधानी टोकियोमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या एक हजारभन्दा बढी भएको टोकियो महानगर प्रशासनको हवाला दिंदै एनएचकेले जनाएको छ । आइतबार मात्रै उक सय ४३ जना संक्रमितको पुष्टि भएपछि सो संख्या पार भएको हो ।

आइतबार एकैदिनमा सबैभन्दा बढी संक्रमित पुष्टि भएको थियो । यसअघि शनिबार १ सय १७ जनामा पुष्टि भएको थियो । दुई दिनयता लगातार नयाँ संक्रमितको सख्ंया सयभन्दा माथी रहेको छ । यो संख्या टोकियोमा स.क्रमितको संख्या १ हजार ३३ पुगेको छ ।

दैनिक रुपमा संक्रमितको संख्या बढ्न थालेपछि टोकियो अधिकारीहरुले अनावश्यक रुपमा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । टोकियोकाा गभर्नर कोइके युरिकोले आइतबार एनएचकेको एक टेलिभिजन कार्यक्रममा नागरिकले स्वयं आफू, आफनो परिवार तथा समाजको सुरक्षाका लागि नयाँ कदमका बारेमा सोच्नुपर्ने बताउनुभयो ।

अधिकारीहरुले दैनिक प्रयोग हुने वस्तुको खरीद तथा चिकित्सक सेवामा जान नरोके पनि घर बाहिर निस्कन अति आवश्यक छ कि भन्ने भन्ने परिस्थितिको अनुमान गरेर अत्यन्तत आवश्यक परेमा मात्रै बाहिर निस्कन आग्रह गरेका छन् ।

टोकियोमा कोरोनाा संक्रमण कहाँबाट भैरहेको छ भन्ने अज्ञात रहेको र संक्रमितहरुमा युवा पिढी बढी रहेकाले चिन्ता बढाएको छ ।

यसैबीच जापानका चिकित्सा विशेषज्ञहरुले कारोना भाइरस संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको उपचारका लागि विशेषज्ञ तथा अनुभवी चिकित्सकको तत्काल नै अरु बढी आवश्यकता रहेको बताएका छन् ।

जापान सघन चिकित्सा संस्थाले एक वक्तव्य जारी गर्दै जर्मनी र इटालीमा कोरोनाा भाइरसको मृत्युदरको अन्तर उल्लेख गर्दै जर्मनीमा मृत्युदर १.१ प्रतिशत र इटालीमा ११.७ प्रतिशत रहेको जनाउँदै यो अन्तरको कारण जर्मनीका विशेषज्ञहरुले गुणस्तरीय सघन चिकित्सा प्रणाली अपनाएको बताइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.