जन सरोकार

चार प्रदेशका १३ जिल्लामा र्डफ्लूको संक्रमण, उच्च शतर्कता अपनाउन आग्रह

गत माघमा पहिलोपटक देखिएको बर्डफ्लू मुलुकका १३ जिल्लामा फैलिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ ।

विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गरी १३ जिल्लाहरुमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएका बताउँदै महानिर्देशक तिवारीले बर्डफ्लू नियन्त्रण बाहिर नभए पनि फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने बताउनुभयो ।

विभागले प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.