जन सरोकार

विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्राको हत्या

एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी १५ वर्षीया एक छात्राको एकाविहानै हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

हत्या

बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको शव स्थानीयले खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए ।

बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।

प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउँदै अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने जानकारी दिनुभयो ।

घटनास्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको छ । स्थानीय र स्कुले बालबालिकाहरूले भने दोषीमाथि काबाही गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.