प्रबास

इञ्जा खोजी पत्रकारिता पुरस्कार गजेन्द्र वुढाथोकीलाई

नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।

सन् २०२१ भरिमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको हो । पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरी नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको हो ।

विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका बुढाथोकीले न्युज कारोबार डटकम, टक्सार आर्थिक म्यागजिन, लुम्बिनी सञ्चार डटकम अनलाइनमार्फत् १५ महिनाको अवधिमा ३५ भन्दा अधिक निरन्तर खोजी तथा फलोअप गरी नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व छली भएको विषय सार्वजनिक सरोकारमा ल्याएका थिए ।

भारतीय उद्योगी नकुल कमानी र अधिराजकुमारी हेलेनको साझेदारीमा नेपालमा सन् १९७७ मा खुलेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व सन् १९९२, २००२, २००४, २०११ र २०१४ गरि पाँच पटक स्वामित्व किनबेच भएको बुढाथोकीले टक्सार आर्थिक म्यागजिनमा सप्रमाण खोजी समाचार प्रकाशित गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.