अर्थ

तीनवटा कन्टेनरलाई भित्र्याउँदै चोभार सुख्खा बन्दरगाह सञ्चालनमा

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह उद्घाटन गर्नुभएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै बन्दरगाह उहाँले सञ्चालनमा ल्याउनुभएको हो ।

तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले रेल–वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने पनि बताउनुभएको छ ।

उहाँले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेलवेमा लगानी गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.