राजनीति

उम्मेदवार सिफारिश गरे पनि नाम नतोक्न निर्देशन

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भावी उम्मेदवार भन्दै प्रचार गरिएप्छि नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।

सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि केन्द्रले अर्को निर्णय नगर्दासम्म गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सिफारिसलगायतका सबै काम गरे पनि रामबहादुर, श्यामबहादुर भनेर उम्मेदवार नै चाहिँ नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको बताउनुभयो ।

नेपाली कांग्रेसको विधान अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्नेछ ।

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.