अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेर एक लाख १० हजार पाँच सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला एक हजार चार सय रुपियाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.