प्रबास
न्यूयोर्कमा एकैदिन चारजना नेपालीको कोेरोनाका कारण निधन : नेपालीमा शोक र त्रास
अमेरिकाको न्युयोर्कमा कोरोनाका कारण एकै दिन गत शनिबार चारजना नेपालीको निधन भएको छ । एकैदिन चारजनाको निधनपछि न्यूयोर्कमा रहेका नेपालीहरुमा शोक र त्रास फैलिएको छ ।
यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।
शनिबार यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताउनुभयो ।
पछिल्लो समय युरोप तथा अमेरिमकामा कोरोना संक्रमणले महामारीको रुप लिइरहेका बेला ती मुलुकमा बस्ने लाखौं नेपालीमा चिन्ता थपिएको छ ।