जापान

राजधानी टोकियो लगायतका शहरमा आपतकाल लगाउने तयारी

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री शिन्जो आबेले राजधानी टोकियो तथा ओशाका लगायत ठूला र महत्वपूर्ण शहरहरुमा आपतकाल घोषणा गर्ने तयारी गरेको अधिकारीहरुले बताएका छन् ।

एक सरकारी अधिकारीले सोमबार संक्रमणदरमा भएको वृद्धिका कारण टोकियो र अन्य ठूला शहरहरूमा व्यापक प्रभाव परेपछि यस्तो तयारी भएको हो ।

ती अधिकारीका अनुसार जापानमा पहिलोपटक आपतकालको अवस्था घोषणा गर्न प्रधानमन्त्री आबेले सोमबार कोरोनवाइरस नियन्त्रण सम्बन्धी समितिको बैठकमा परामर्श गर्नुहुनेछ । ।

जापान टाइम्सका अनुसार बैठकमा प्रधानमन्त्री आबेले सो योजना विशेष गरी संक्रामक रोग विशेषज्ञहरूको समावेशी सल्लाहकार समितिसमक्ष पेश गर्ने अपेक्षा गरिएको छ । सो बैठकले दिएको सुझावका आधारमा आपतकालको आधिकारिक घोषणा मंगलबार हुने र बुधबारदेखि लागू अनुमान गरिएको छ ।

समाचार अनुसार कुन क्षेत्रहरूमा कति समयको आपतकाल लगाउने भन्ने विषयमा स्पष्ट लक्ष्य तय गर्न आवश्यक रहेको बताउँदै सम्भवतः टोकियो र ओशाका जस्ता प्रमुख शहरहरू आपतकाल घोषणा हुने शहरमा पर्नेछन् ।

त्यसो त प्रधानमन्त्री आबेले यसअघि आपतकाल घोषणा गरिए ठूलो आर्थिक संकट आउने भन्दै यसमा सकेसम्म नजाने धारणा राख्दै आउनुभए पनि राजधानी टोकियो लगायतका क्षेत्रमा संक्रमण बढ्दै गएपछि यसबारे पुनःविचार गरिएको समाचारमा जनाइएको छ

कोरोना संक्रमणको महामारीबाट बच्न सरकारले हालै मात्र पारित गरेको संशोधित कानुन अनुसार सरकारले आपतकाल घोषणा गर्न सक्दछ । यसै कानुन अनुसार प्रधानमन्त्रीले आपतकालिन अवस्था घोषणा गर्न गक्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.