जापान

टोकियो लगायतका सात राज्यमा मंगलबारबाट संकटकाल जारी गर्ने तयारी

कारोना भाइरस संक्रमण बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियो लगायत ७ प्रान्तमा एक महिनाका लागि संकटकाल घोषणा गर्ने भएको छ । यसअघि प्रधानमन्त्री आबेले संकटककाल लगाएर मुलुकको अर्थतन्त्र कमजोर बनाउनुको साटो खोप र औषधिको विकासमा जोड दिएको बताउनुभएको थियो ।

तर, पछिल्लो समय संक्रमण बढ्दै गएपछि सोमबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समितिको बैठकपछि प्रधानमन्त्री शिन्जो आबेले कोरोना महामारीको अन्त्यका लागि संकटकालीन अवस्था घोषणा गर्ने अन्तिम तयारी सुरु गरिसकेको र यसको घोषणा मंगलबार आउने बताइएको छ । संकटकाल मे ६ तारिक सम्म लागु हुने बताईएको छ।

प्रधानमन्त्री आबेले कोरोनाभाइरस बिरुद्ध लड्नका लागि हालै पारित गरिएको विशेष कानूनको अधिकार प्रयोग गरी संकटकाल घोषणा गर्न लाग्नुभएको हो । विशेष समितिको बैठकमा विज्ञहरुले एक महिनाका लागि ७ वटा प्रान्तमा संकटकाल लगाउने सुझाव दिए अनुसार सोही तयारी भैरहेको छ ।

राजधानी टोकियो, खानगावा, साईतामा, चिबा, ओशाका, ह्योगो र फुकुओकामा संकटकाल लागु हुने छ । यी क्षेत्रहरुमा कोरोना संक्रमितको संख्या उच्चदरमा बढिरहेको छ । पछिल्लो विवरण अनुसार राजधानी टोकियोमा संक्रमितहरुको दर उच्चरुपमा बढिरहेको छ । आइतबार साँझसम्म त्यहाँ एक हजार ३३ जनालाई संक्रमण भैसकेको छ भने शनिबार र आइतबार मात्रै दैनिक सय भन्दा बढी नयाँ संक्रमित भेटिएपछि संकटकाल लगाउनैपर्ने अवस्थाका विषयमा परामर्श सुरु गरिएको थियो ।

आइतबार मात्रै १ सय ४३ जना संक्रमितको पुष्टि भएको थियो । यसअघि शनिबार १ सय १७ जनामा पुष्टि भएको थियो । दुई दिनयता लगातार नयाँ संक्रमितको सख्ंया सयभन्दा माथी रहेको छ । यो संख्या टोकियोमा स।क्रमितको संख्या १ हजार ३३ पुगेको छ ।

यसअघि होक्काईदो राज्यले करिव एक महिना संकटकाल लागु गरेको थियो। संकटकाल अवधीमा अत्यावश्यक अस्पताल, खुद्रा तथा दैनिक उपभोग्य सामाग्री पाउने पसलहरु, यातायातका साधनहरु सुचारु हुने जनाईएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.