जन सरोकार

कलाकारको फेसबुक ह्याक गरी रकम माग्ने १४ वर्षे बालक पक्राउ

नेपाली चलचित्रका केही कलाकारहरुको फेसबुक पेज ह्याक गरी उनीहरुका साथीसंग रकम माग गर्ने एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ

प्रहरी प्रधान कार्यालय साइबल ब्यूरोले कलाकारहरुको फेसबुक एकाउण्टमा अनधिकृत पहुँच पुर्याई उक्त एकाउण्टमा जोडिएका साथीहरुसंग रकम माग गरेको निवेदनका आधारमा पर्सा बहुदरमाइ नगरपालिका वडा न. ५ बस्ने १४ वर्षीय युवालाई पक्राउ गरिएको हो ।

निजले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुर गरेको पाइएकाले जिल्ला अदालत काठमाडौंको आदेशले पक्राउ अनुमति लिई अनुसन्धान भैरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.