राजनीति

एमाले साइबर सर्कलले ‘टिकटक प्रतियोगिता’ गर्ने

आगामी स्थानिय निकायको चुनावलाई लक्षित नेकपा एमालेको साइवर सर्कलले करिव ४ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमवार एक समारोहकाबीच एमाले अध्यक्ष केपीओलीले सो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।

‘समृद्व नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पुरा गर्ने र स्थानिय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साईबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिनुभयो ।

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरुलाई चर्चित भिडियो प्ल्याट फर्म टिकटक मार्फत नविनता र सृजनशिलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आह्वान गर्दै उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्न आह्वान गरेको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरी मस्ट पपुलर र क्रियटिभ दुई विधामा तीनजनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले रु एक लाख, द्धितीयले रु पचास हजार र तृतीयले पच्चीस हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगीता चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुनेछ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुहुनेछ ।

टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल प्रमुख भण्डारी जानकारी दिनुभएको छ । भिडियो २०७८ चैत्र २१ गते देखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्मक भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएमएल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगायतका ह्यासट्याग प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.