राजनीति

राप्रपाले विकास र सुशासन दिने अध्यक्ष लिङ्देनको ठोकुवा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताउनुभएको छ । बागलुङ आयोजित आमसभामा उहाँले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिनुभयो । “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो” उहाँले भन्नुभयो ।

राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उहाँले बताउनुभयो ।

गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पुर्याउन मतदातासँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.