कला/मनोरन्जनकलिउडस्थानीयतह निर्वाचन

काठमाडौंको मेयरमा भुवन केसी र उपमेयरमा रेश्मा लामा

२०७४ सालको संघीय संसदको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक उम्मेदवारका रुपमा अघि सारिएका लोकप्रिय अभिनेता भुवन केसीलाई स्थानीय तहको निर्वाचन आएपछि पनिः उम्मेदवारका रुपमा चर्चामा ल्याइएको छ ।

यसपटक उन्नत लोकतन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष स्वागत नेपालद्वारा बुधबार सार्वजनिक विज्ञप्ति अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केसीलाई मेयरमा र उपमेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरिएको छ । सो पार्टीको चुनावचिन्ह खुल्ला किताब रहेको छ ।

पार्टीले राइट टु रिजेक्ट र राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्रप्रतिको प्रतिबद्धता जनाएपछि अभिनेता केसीलाई उम्मेदवार सहित पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी समेत दिएको छ ।

केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने पार्टीको विश्वास रहेको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी पार्टीले उपमेयरका रुपमा अघि सारेका रेश्मा लामा थापाथलीस्थित वाग्मती नदी किनारमा हुर्के बढेको र सोही स्थानको प्लाष्टिकको छापोमा बसेर स्नातक तह उत्तीर्ण गरी विदेशको अवसर छाडेर देश फर्केको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.