अर्थ

संकट आउनसक्छ तर श्रीलंकाको अवस्थामा जाँदैन

नेपालको आर्थिक अवस्था श्रीलंकाकै जस्तो हुने आँकलन गर्दै विभिन्न विवरणहरु सार्वजनिक भैरहेका बेला नेपाल राष्ट्रका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकलिदै गए पनि श्रीलंकाको जस्तो अवस्थामा नजाने बताउनुभएको छ ।

बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले सो धारणा राख्नुभएको हो ।

उहाँले मुलुुकको आर्थिक अवस्थालाई मजबुत वनाउनका लागि हरेक कुरामा संचितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई वढाउनु पर्नेमा जोड दिंदै अहिले नेपालको अवस्था ऋण तिर्नसक्ने रहेको र सधै ऋणमा मात्रै भर पर्न नहुने बताउँदै उत्पादन र निर्यातलाई उर्जाशील बनाउने बाटोमा सरकार गम्भिर रुपमा अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

डा. नेपालले श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दावी गर्दै केही महिनाभित्र रेमिटान्स बढ्ने र अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था नभएको दावी गर्नुभयो ।

पूर्व गभर्नर डा. नेपालले आयतमा भन्दा निर्यातलाई जोड दिदै, स्थानीय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.