विश्व समाचार

निर्वाचनको पूर्वसन्ध्यामा दैनिक दुई लाख सङ्क्रमित

फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गर्दा कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिन थालेको छ । त्यहाँ दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ ।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । तर, कोरोना संक्रमण एक्कासी बढ्न थालेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् । ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

फ्रान्समा रहेका व्यक्ति मध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन् । कुल जनसङ्ख्याको ७९।५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.