अर्थ

नेपाललाई भारतमा ३२५ मेगावाट विद्युत विक्रीको अनुमति

लामो समयदेखि विजुली बेचेर समृद्ध हुने नारा अब भने सार्थक हुने बाटो खुलेको छ । पछिल्लो समय भारतले नेपाललाई थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।

बुधबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनुभएको हो ।

भारतले आफ्नो बजारमा १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई बेच्न अनुमति दिएको बताइएको छ ।

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.