राजनीति

सरकारकोे न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

सत्ता गठबन्धन परिवर्तन भएसंगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि बदलिएको छ । यसअघि नेकपा एमालेसहितको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो ।

कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ ।

सो कार्यक्रमलाई आज (बिहिबार) साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिनुभएको छ ।

यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.