जन सरोकार

ताप्लेजुङ साक्षर जिल्ला घोषित

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो ।

समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गर्नुभएको थियोे ।

जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गर्नुभएको थियोे ।

प्रदेश नं १ का १४ जिल्लामध्ये अब सोलुखुम्बु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ । ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्ष अघिदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घसंस्था, स्थानीयवासी तहलगायतले सक्रियता देखाएका थिए ।

घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बिहान विभिन्न जातीय झाँकीसहितको र्याली निकालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button