राजनीति

कसको नाममा किन आयो ४० करोड रुपैयाँ ?

पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले एक नेपालीको नाममा ४० करोड रुपैयाँ बैंकमा जम्मा भएको र त्यो रकम जफ्त गर्न अमेरिकाले पत्र लेखेको भए पनि सो रकम छाड्न अर्थमन्त्रीले निर्देशन दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

डा. लोहनीले बिहिबार प्रधानमन्त्री देउवाका नाममा ट्वीट गर्दै डा. लोहनीले अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको एक संस्थाले त्यसबारेमाा जानकारी दिएपछि नपाल राष्ट्र बैंकले अनुसन्धान सुरु गरे पनि अर्थमन्त्रीले सो रकम छाडिदिन आदेश दिएको आरोप लगाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “अवैध रकमको ओसारपोसार (कारोबार) तथा आतंकवाद बिरुद्ध अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको फिनसेन नामक संस्थाले नेपालको एक व्यक्ति को नाम मा ४० करोड रुपैयाँ बैंकमा आएको र त्यसलाई जफत गर्न राष्ट्र बैकलाई पत्र लेखेको बुझियो ।”

“तर यसबारे तर यसबारे राष्ट्र बैंकले अनुसन्धान नसकिदै अर्थ मन्त्रीले उक्त रकम छोडीदिनु भनि आदेश दिएको कुरो गम्भीर छ। देउवा सरकारको अर्थमन्त्री को यो हर्कतबारे प्रधानमन्त्रीजीले जनतालाई प्रष्ट पार्नुपर्यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.