कर्पोरेट/पर्यटन

देश बाहिर रहेकाहरुलाई घरसंग जोड्ने डिजी क्यारी

विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीहरुमा र उनीहरुको परिवारसम्म सेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको डिजीटल क्यारी प्रालिले नेपालमा सेवा दिन थालेको ३ वर्ष पूरा गरेको छ ।

डिजीको सेवा पार्सल डेलिभरी मात्र नभएर तपाईले आफ्नो परिवारका सदस्य, साथीभाइ वा नातागोता वा अन्य जासुकैलाई कुनै पनि प्रकारको उपहार दिन चाहनुभएको छ भने त्यो सेवा डिजीले पूरा गरिदिनेछ ।

व्यक्ति, समाज र व्यापारलाई जोड्दै काठमाडौंको मुटु न्यूरोडबाट सेवा प्रदान गरिरहेको डिजी क्यारीको विशेषता हरेक प्रकारका व्यावसायिक, व्यक्तिगत तथा सामाजिक काममा विश्वको जुनसुकै कुनामा रहेर पनि आफन्त जोेड्नु रहेको कम्पनीले बताएको छ ।

नेपालमा डिजी क्यारीले विदेशमा बस्ने नेपालीहरुबाट स्वदेशमा रहेका आफन्तहरुका लागि सजिलै उपहार दिनसक्ने गरी सेवा उपलब्ध गराएको छ ।

विवाह, व्रतबन्ध, शुभजन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका अवसरहरुमा डिजी क्यारी मार्फत आफूले दिन चाहेको उपहार सम्बन्धितको घरमै पुर्याउने व्यवस्था गरिएको छ ।

व्यक्ति, व्यवसाय र समाजलाई आपसमा जोड्दै आवश्यक सामग्रीहरुको भरपर्दो सेवा प्रवाहको उद्देश्य र लक्ष्य डिजी क्यारीको रहेको छ भने छरितो सेवा, दरिलो प्रभाव यसको नारा रहेको छ ।

घरेलु कुरियर, नेपाल बाहिर अन्तर्राष्ट्रिय कुरियर, साथै अन्य अनलाइन सेवा समेत प्रवाह गरिरहेको डिजी क्यारी एकै थलोबाट आफूलाई आवश्यक सबै प्रकारको सेवा लिन सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.