जन सरोकार

निर्वाचन शान्ति सुरक्षाका लागि हतियार बुझाउन आग्रह

वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रसासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको छ ।

सहायक प्रजिअ अधिकारीले बाँकेमा ५५५ जनाले इजाजतप्राप्त हतियार राख्ने अनुमति लिएको उल्लेख गर्नुभयो । त्यसमा बारबोर, बाइसबोर, एकनाले, दुईनाले भरुवा बन्दुक र केही पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.