विश्व समाचार

अमेरिकामा चारलाख बढी कोरोना संक्रमित, १३ हजारको मृत्यु : न्यूयोर्क सिटीको अवस्था नाजुक

विश्व महाशक्ति राष्ट्र संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुतगतिमा बढिरहेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ संक्रमितको संख्या ४ लाख नाघेको छ भने १२ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।

सबभन्दा बढी संक्रमण र मृत्यु न्यूयोर्क राज्यमा भएको छ । जोन हप्कीन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुशार अमेरिकामा न्युयोर्क सिटीमा मात्रै कोरोना भाइरसको संक्रमणबाट मृतकको संख्या ४ हजार ९ को मृत्य भएको छ भने न्युयोर्क राज्यमा मृतकको संख्या ५ हजार ४ सय ८९ पुगेको छ ।

त्यस्तै न्युयोर्क सिटीमा संक्रमितको संख्या ७६ हजार ८७६ पुगेका छ । जसमध्ये क्वीन्समा संक्रमितको संख्या २४ हजार ८ सय ४० रहेको छ । ब्रोंक्समा १५ हजार ३४८, म्यानहटनमा ११ हजार १२, बु्रकलिनमा २० हजार ८७९ जनामा संक्रमण पुष्टी भएको छ । लङ आइल्याण्डका नासु र सफल्क काउन्टीमामात्र संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

न्युयोर्क सिटीमा अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि झण्डै २० हजार पुगेको छ । न्युयोर्क राज्यमा संक्रमित हुनेहरुमा महिलाको तुलनामा पुरुषहरु बढी रहेका छन् ।

न्युयोर्क राज्यमा अहिलेसम्म ३ लाख ४० हजारभन्दा बढीको कोरोना परिक्षण गरिएको छ । अमेरिकाभरमा भने अहिलेसम्म झण्डै २० लाखमा कोरोना परीक्षण गरिएको छ । अस्पतालबाट उपचार गरेर घर फर्केकाहरुको संख्या अमेरिकाभरमा २१ हजार ६७४ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.