बिचार

नेपालमा कोरोना भाईरस र भ्रष्टाचार !

कविकिरण न्यौपाने

पछिल्लो समय विश्वनै कोरोना भाईरससंग लडिरहँदा हाम्रो देशमा भने यहि वेला करोडौं कुम्ल्याउने सेटिङ्ग भयो । भाईरस रोकथाम अनि उपचारको लागि चीनबाट खरिदका लागि अढाइ महिनाअघि नै बढेको प्रक्रिया रद्द गरी स्वास्थ्य मन्त्रालयले विवादास्पद तरिकाले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल प्रालिलाई महँगोमा सामग्री किन्ने गरी सम्झौता गर्यो ।

अन्यमा उक्त सामानहरु गुणस्तरहिन तथा धेरै महंगो भएको व्यापक विरोध आएपछि सामान ल्याउने कार्य स्थगन गर्न पर्यो । यो कम्पनी मेडिकल सामग्री आपूर्ति गर्ने सम्बन्धी कम्पनी नै थिएन । तर, उक्त कम्पनीलाई सत्ता र राजनीतिक पहुँचको आधारमा कमिशन कुम्ल्याउन बिना प्रतिस्प्रधा ठेक्का दिइयो ।

चीनले सहयोगमा दिने भनेको स्वास्थ्य सामग्री ब्यवस्था गरेर बिना प्रतिस्प्रधा बाट सामान ल्याउनु ठूलो भ्रष्टाचार हो । यस प्रकरणमा निश्पक्ष छानविन गरि दोषीलाई कडा कारवाही हुन जरुरी छ। यस काण्डमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगाएतका व्यक्तिहरू मुछिएका छन्।

आदिकवि भानुभक्तले घाँसीको प्रेरणाबाट नेपाली साहित्यलाई उकास्न महत्वपूर्ण भूमिका खेलेका पढेका थियौं। अहिलेका भानुभक्तले भने आफ्ना सहकर्मि हेप्नी बाँस्कोटाको प्रेरणाबाट कोरोना लागेको वेला यहि हो मौका भनेर कुम्लाउन लागेका होलान । हदैं भए पूर्व हेप्नी मन्त्रीको जस्तै राजिनामा दिए भैहाल्यो। कानुन मन्त्री हुदाँहुदै त्यहा कुम्ल्याउने ठाँउ कम देखेर होला, हेर्दा जहिले पनि विरामी जस्तै देखिए पनि स्वास्थ्य मन्त्री भएका । एकै चोटी ठूलो गाँस निल्न खोजे पछि यस्तै हो भानुभक्तजी । त्यस्तै प्रधानमत्रीका उत्तराधिकारी ठान्ने ईश्वर कामरेडको योग्यता पनि भावि प्रधानमन्त्री बन्न यो कोरोना काण्डले अब पुग्छ होला । यस्तो विशम परिस्थितीमा पनि कांग्रेसलाई सत्तामा जान हतार छ । सत्ताको स्वाद धेरै समय लिएका काग्रेसका नेता प्रकाशशरण महतले हालै देशमा मध्यावधि चुनाब गर्न पर्छ भनेका छन्। जसबाट काग्रेस सत्तामा जान कति हतार छ भन्ने प्रष्ट हुन्छ । सत्तामा जान त जनताले पत्याउन पर्यो नि होइन र ?

हाम्रा देशका राजनैतिक पार्टीहरु “भाग पाए चुपचाप, नपाए विरोध” यो सबैले बुझेकै कुरा हो। नेताहरुको के कुरा ? कार्यकर्ताहरुको पनि आर्थिक हैसियत हेर्ने हो भने केही वर्ष अघि पायल चप्पल पड्काएर हिड्नेहरु अहिले महल, गाडी,बैक ब्यालेन्स… पूर्व पञ्चहरुले खाएर पचाए, मधेशवादीहरू अगाइएन भन्दै छन्, काग्रेस खाएर डकार्दै छ, नेकपाले बुजो हाल्दैं छन्। खाने मामलामा कोही कमि छैनन्। जनतालाई पनि गाह्रो छ, राम्रोलाई छान्नै पाउदैनन । चुनावमा नराम्रा मध्ये छान्नुपर्छ।

अनि भ्रष्टाचार छानविनमा यिनै दलले शिफारिस गरेका मान्छेहरु हुन्छन्। अनि कस्लाई कारवाही गर्ने रु तलका पहुँच नभएका लाई फाट्टफुट्ट कारवाही गरे जस्तो गर्छन। जसरी भर्याङ्ग सफा गर्न -बर्डान_ माथीबाट शुरु गर्नुपर्छ, भ्रष्टाचार पनि त्यस्तै हो, माथिल्लो तहमा भएकालाई पहिला कारवाही भए मात्र भ्रष्टाचार रोकिन्छ । हाम्रा प्रधानमन्त्रीले सधै भन्नुहुन्छ, म भ्रष्टाचार पनि गर्दिन र हुन पनि दिन्न । भनेर मात्र भएन प्रधानमन्त्रीज्यू लागू पनि गर्नु पर्यो । पछिल्लो समय प्रधानमन्त्री आफ्नै नजिकका मान्छेबाट असन्तुष्ट भन्ने समाचार पढ्न पाईयो । सायद त्यसैले होला विवादित बनेको कोरोना उपचार एवं रोकथाम लागी भनेर चीनवाट ल्याउन लाइएको स्वास्थ्य सामाग्री तपाईकै निर्देशनमा रोकिएको रे । रोकेर मात्र भएन उनिहरु माथी छानविन हुन पर्यो । र अर्को कुरो फसाउने आफ्नैले हो प्रधानमन्त्रीज्यू ! तपाईका नजिकका विष्णु पौडेल जग्गाकाण्ड ! पूर्व हेप्नी मन्त्री कमिशन डिल गरेको अडियोकाण्ड, अहिलेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र उप९प्रधानमन्त्री ईश्वर पोख्रेल कोरोना काण्ड यस्तैयस्तै।

यस्तो बेलामा पनि कुम्ल्याउन खोज्नेलाई कोरोना लागोस भनेर सराप्न मन थियो, तर भ्रष्टँचार नगर्नेलाई पनि कोरोना सार्ने हो कि भन्ने डर ! प्रधानमत्रीले भन्ने गरेका अर्को कुरा स्मरण गराउन चाहे, मेरो जिन्दगी भनेको फाउको (थप) जिन्दगी हो रे । हो एक पटक त सबै मर्नै पर्छ । तपाईले त फेरीपनि थप जिन्दगी पाउनु भएको छ। केही गर्नुस् । नत्र तपाईको स्वगरोहणमा पनि यहा कात्रो किन्दा पनि भ्रष्टँचार हुनेछ। जनताहरु भ्रष्टाचार भयो भनेर कुर्लेर विरोध गर्ने छन् । अनि उहि परम्परा छानबिन समिति गठन अनि सधै चुपचाप लाग्ने नियति कहिलेसम्म ?

(लेखक नेपाल पत्रकार महासंघ र ईन्जा जापानका सल्लाहकार हुन्।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.