संकटकाल घोषणाको पहिलो दिन टोकियोमा एक सय ४४ नयाँ संक्रमित भेटिए
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)का संक्रमण बढ्दै गएपछि सरकारले आज (अप्रिल ८)देखि घोषणा गरेको संकटकालको पहिलो दिन नै राजधानी टोकियोमा १ सय ४४ जना संक्रमित भेटिएका छन् ।
सरकारले राजधानी टोकियो, ओशाका लगाउत सात प्रान्तमा एक महिनो संकटकाल घोषणा गरेको छ । राजधानी टोकियोमा संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहेको छ र आज पुष्टि भएको संख्या एकैदिनमा फेला परेका संक्रमितको सबैभन्दा बढी संख्या हो ।
तीन दिनयता टोकियोमा उकसयभन्दा बढीको सख्यामा नयाँ संक्रमितहरु पुष्टि भैरहेका छन् । आइतबार १ सय ४३ जना संक्रमित भेटिएको थियो त्यो सबैभन्दा उच्च थियो भने बुधबार १ सय ४४ जना पुगेको छ ।
टोकियो महानगरीय प्रशासनका अनुसार बुधबार फेला परेका १ सय ४४ संक्रमितसंगै टोकियोमा संक्रमितहरुको सख्ंया एक हजार ३ सय ३९ पुगेको छ ।
महानगरमा फैलदो कोरोना संक्रमणलाई कम गर्न सरकारले संकटकाल घोषणा गरेको हो । सरकारले मानिसहरु एक आपसमा सम्पर्कमा रहेनन् भने ७० देखि ८० प्रतिशतसम्म संक्रमण दर घटाउन सकिने विश्वास लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्