कुटनीतिक नियोगको गाडी चढेर कालो बजारी गर्ने अग्रवाललाई हिरासतमा राख्न अनुमति
कालो बजारीको अभियोजमा पक्राउ परेका व्यवसायी तथा कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
उनी कूटनीतिक नियोगको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए अग्रवाल मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।
पाँच हजार रूपैयाँ पर्ने थर्मल गन १५ हजार रूपैयाँमा बिक्री गर्न खोजेको प्रहरीको दाबी छ । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको थियो । शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात टन स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो ।
त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।
मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले उनुभएको छ ।
उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।