सूचना/प्रविधि

बिसिजी खोप लगाइने देशहरुमा कोरोना संक्रमण न्यून : युरोपमा नयाँ परीक्षण सुरु

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमणबाट अहिले विकसित र शक्तिशाली मुलुकहरु तहसनहसको बाटोमा पुगिरहेका बेला वैज्ञानिकहरु यो भाइरसले किन गरीब मुलुककहरुमा कम मात्र संक्रमण भैरहेको छ भन्ने तथ्यको खोजीमा लागेका छन् ।

प्रारम्भिक अनुमान अनुसार दक्षिण एसिया लगायत अफ्रिकी मुलुकहरुमा अहिले पनि दिइदै आइएको क्षयरोग प्रतिरोधक खोप बिसिजी यसको कारण हुनसक्छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सका लागि रैनी करिन राबीनले अप्रिल ६ मा एक अनुसन्धानात्मक लेखमार्फत यो तथ्य उजागर गर्दै वैज्ञानिकहरु कोरोना भाइसर संक्रमण रोक्न सय वर्षअघि अविष्कार गरिएको क्षयरोग बिरुद्धको खोप बिसिजी काम आउन सक्ने परीक्षण गर्ने तयारी गरेका छन् ।

सय वर्षअघि युरोपमा क्षयरोगबिरुद्ध लड्नका लागि तयार गरिएको बिसिजी आज ती मुलुकमा प्रयोग हुँदैन भने गरीब तथा अति कम विकसित र अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा अझै पनि दिइन्छ । यो खोपले रोग प्रतिरोधी क्षमता बढाउँछ । कोरोना संक्रमण हुन नदिन पनि रोग प्रतिरोधी क्षमता उच्च चाहिन्छ । त्यसैले वैज्ञानिकहरुले बिसिजी खोप क्षयरोगभन्दा वृहत्तरुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिसिजी खोपले शिशु मृत्युदरमा कमी ल्याएको छ भने श्वासप्रश्वास सम्बन्धी संक्रमणमा समेत प्रभावकारी देखिएको छ । विज्ञहरुका अनुसार खोपले भाइरस, ब्याक्टेरिया र परजीवीको संक्रमणलाई पहिचान गरी प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गरेको छ ।

यति मात्र हैन बिसिजी खोपले कोरोनाभाइरस संक्रमण तीब्र हुनबाट जोगाउने काम समेत गर्ने केही प्रमाण फेला परेको छ । केही महिनाभित्रै गरिने प्रयोगशाला परीक्षणपछि मात्रै उक्त प्रमाणलाई थप पुष्टि गर्नेछ ।

अष्ट्रेलियाका मेलबर्नका केही वैज्ञानिकहरुले बिसिजी खोपबारे हजारौं चिकित्सक, नर्स, श्वासप्रश्वास थेरापिस्ट र अन्य स्वास्थ्य कार्यकर्तामा थप अनुसन्धान र अध्ययन सुरु गरेको छ ।

मेलबर्न विश्वविद्यालयमा शोधकर्ताको रुपमा कार्यरत परीक्षण योजनाका प्रमुख योजनाकार समेत रहनुभएका निजल कर्टिसले उक्त खोप रामवाण नै हुने कसैले विश्वास नगरे पनि संक्रमित स्वास्थ्य कार्यकर्तामा खोप लगाएपछि छिट्टै निको भई काममा फर्किनसक्ने विश्वासका साथ परीक्षण अगाडी बढाइएको उल्लेख गरेका छन् ।

त्यसै गरी नेदरल्याण्ड्समा एक हजार स्वास्थ्य कार्यकर्तामा एक हप्ता अघि नै परीक्षण सुरु गरिएको छ भने बोस्टनका स्वास्थ्य कार्यकर्तामा समेत प्रयोगशाला परीक्षण सुरुवात गर्न तयारी गरिएको मासासुट्स अस्पतालका संक्रामक निर्देशक डा डेनिस फौस्टमनले बताएका छन् ।

डा. फौस्टमन मानवमा परीक्षण प्रयोगशालाबाट बिसिजीले भाइरल र परजीवीको संक्रमणबाट सुरक्षा गर्ने प्रमाण फेला परेका बताउँदै अरु परुीक्षणका लागि परीक्षण गर्ने उत्साहित रहेको बताएका छन् ।

बिसिजी खोपले निर्धारण गरेको क्षयरोग लाग्न नदिने त छँदछ तर पछिल्लो अनुसन्धानले भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउन काम गरेको वैज्ञानिकहरुले बताएका छन् ।

तसर्थ बिसिजी खोपको क्षयरोग निर्मूलन बाहेक अन्य पक्षमा पनि सकारात्मक प्रभाव त देखिएको छ यद्यपि विशेषज्ञहरुले भने बिसिजी खोप कोभिड–१९ विरुद्धको खोप भने हुन नसक्ने स्पष्ट पारिसकेका छन् । यसले संक्रमण घटाउन भने मद्दत गर्नेछ । यसर्थ विश्व स्वास्थ्य संगठनले पनि अझै बढी परीक्षणका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.