राजनीति

संसदमा थारू र मधेशी आयोगका प्रतिवेदन पेश

संसद भवन

संसद भवन

प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यस्तै प्रतिनिधिसभाले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको छ । विस २०४८ मा राष्ट्रियसभामा निर्वाचित भई उपाध्यक्षसमेतको जिम्मेवारी सम्हाल्नुभएका पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री प्रधानाङ्गको ९६ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । मुलुकको शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उहाँको क्रियाशीलता थियो ।

बैठकले उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जलि अर्पण गरेको ग¥यो । सदनले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ३० गते सोमबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.