कर्पोरेट/पर्यटन

बिबिसी मास्टर सेफ साह भन्छन् ‘नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौँ’

चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताउनुभएको छ ।

‘बिबिसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली आज नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै उत्साहित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड कहरपछि अब नेपाल पर्यटनका लागि खुला छ ‘नेपाल इज ओपन नाऊ’, नेपाल पहिला जस्तै पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सन्देश विश्वसमुदायलाई दिन चाहन्छौँ र नेपाल प्रवद्र्धनको सन्देश लिएर फर्कन्छौँ । विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका निम्ति आह्वान पनि गर्छौँ ।”

“नेपाल आएको सेफ टोली पनि उत्साहित रहेको छ । नेपाल सुन्दर छ, नेपालको प्रवद्र्धन गर्नुपरो यहाँको संस्कृति, सभ्यता र नेपालीपन हेरेर नेपालको सन्देश विश्व बजारमा पु¥याउन उनीहरुले सहयोग गर्नेछन्”, सेफ साहले भन्नुभयो ।

उहाँले सगरमाथाको कालापत्थर पुगेर नेपालको सन्देश विश्वलाई दिन चाहेको पनि बताउनुभयो । नेपाली खानाको संस्कृतिबारे उनीहरूलाई जानकारी गराउँदै उचाइको अनुभव लिन पनि लालाहित रहेको बताउनुभयो ।

सेफ टोली नेपाल आउन पाएकामा उत्साहित रहेको भन्दै सेफ साहले वास्तविक नेपाल र यहाँको संस्कृति र पहिचानबारे अवगत गराएर नेपालको प्रवद्र्धन गर्न पहल गरिने उल्लेख गर्नुभयो । बिबिसी सेफ सटोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ ।

सेफबाट भन डर लीले नेपाल र नेपालीको आतित्थ्यताप्रति आफूहरू उत्साहित रहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

विमानस्थलमा भव्य स्वागत

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा आज नेपाल आइपुगेको ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फइनालिस्टलाई नेपाल ल्याइएको हो ।

पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएसन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा भव्य स्वागत गरेका छन् । विमानस्थलमा उल्लेख्य सङ्ख्याको उपस्थितिमा नेपालको संस्कृति झल्कने पहिरनका साथ पञ्चेबाजासहित सेफको टोलीलाई स्वागत गरिएको थियो ।

नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोषका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आएको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.